काठमाडौं- देशभर ७० जिल्लामा ४५६७ कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभर ४५६७ कोरोनाका सक्रिय संक्रमित रहेका छन्। ७ जिल्लामा भने शून्य संक्रमित रहेका छन्।
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ र कास्की छन्।
शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।