विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोभिड १९ संक्रमण भएएको छ। सोमबार स्वाब परीक्षण गर्दा मुख्यमन्त्री राईसहित अन्य दुई जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए।
मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो। पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई समेत संक्रमण पुष्टि भएको हो।
मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।