काठमाडौँ- कोभिडको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ। २४ घण्टामा ५ हजार ४१५ परीक्षणमा ८१४ नयाँ संक्रमित थपिएका छन्।
२ हजार ७६२ पीसीआर परीक्षणमा ५०९ र २ हजार ६५३ एन्टिजेन परीक्षणमा ३०५ जना संक्रमित पुष्टि भएका हुन्। कोरोना निको भएर डिस्चार्ज भएको संख्या भने २९९ रहेको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।