दाङ–विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ।
बुधबार राप्ती गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए।
हिउँदे र वर्षे बिदाबाट कटौती गर्ने गरी ७ दिनका लागि विद्यालय बन्द गरिएको हो। उक्त निर्णय कार्यन्यवन गर्न सबै विद्यालयलाई आग्रहसमेत गरिएको जारी सूचनामा उल्लेख गरिएको छ।