विराटनगर- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रारमा नियुक्त प्राडा सूर्य प्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा जगत नारायण प्रसादले सपथ ग्रहण तथा पदबहाली ग्रहण गरेका छन्।
त्यसैगरी प्रतिष्ठानको कार्यकारिणी सदस्यमा जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका विभागिय प्रमुख प्राडा.ज्ञानेन्द्र बहादुर मल्ल तथा प्याथोलोजी विभागकी विभागिय प्रमुख प्राडा स्मृती कार्की मनोनित भएका छन्।
उनीहरु सबैलाई प्रतिष्ठानको अडिटोरियम हलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानका उपकूलपति डा गिरीले सपथ गराएका थिए। सपथपछि रजिष्ट्रार र अस्पताल निर्देशक पदभार सम्हालेका थिए।