काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले स्वास्थ्य क्षेत्रलाई अझै सहज र व्यवस्थित बनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ। महासंघले बुधबार १२ बुँदेपत्रमार्फत मन्त्रालयलाई ध्यानाकर्षण गराएको हो। स्वास्थ्यकर्मीको नियमित रुपमा हुनुपर्ने स्तरवृद्धि, बढुवा तथा पदपूर्ति नियमित र पारदर्शी किसिमले हुन सकेको भन्दै स्तरवृद्धिको नियमित काम समयसिमा तोकेर सम्पन्न गर्न महासंघले अनुरोध गरिएको छ।
महासंघले स्वास्थ्य सेवाको पहुँच बढाउन आधारभूत अस्पताल, स्वास्थ्य सेवा केन्द्र र अन्य विभिन्न अस्पतालहरुलाई स्तरोन्नोती गरी विस्तार गरे पनि संस्थाहरुको संगठन र व्यवस्थापन गर्न नसकेको आरोप लगाएको छ। यस्ता कार्यले स्वास्थ्यकर्मीको मनोबल घट्ने महासंघले जनाएको छ।