काठमाडौं- नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य विज्ञहरुको एकै निकायबाट दर्ता तथा गुणस्तर कायम गर्ने व्यवस्था गर्न माग गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै संघले नेपाल स्वास्थ्य व्यवसायी परिषद तथा नेपाल मेडिकल काउन्सिलले जनस्वास्थ्य विषयको स्नातकोत्तर तह अध्ययन गरेका जनस्वास्थ्य विज्ञहरुको दर्ता परीक्षामा दोहोरोपन हुनेगरी संचालन गरेको भन्दै दोहोरो मापदण्ड कायम हुन गई गुणस्तर नियन्त्रणमा कठिनाइ हुने जनाएको छ।
साथै जनस्वास्थ्य व्यवसायीको आधिकारिक दर्ता गर्ने निकायको बारेमा दुविधा उत्पन्न भएको संघको ठहर छ। कुनै एक परिषदले अर्को परिषद्को गैरकानुनी तवरले क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै संघले एकै विश्वबिद्यालयमा अध्ययन गरेका, समान शैक्षिक योग्यता भएका जनस्वास्थ्य विज्ञहरुको एकै निकायबाट दर्ता तथा गुणस्तर कायम गर्ने व्यवस्था गर्न माग गरेको छ।