सुर्खेत- कर्णाली प्रदेश लोकसेवा आयोगका एक परीक्षार्थीले आफ्नो उत्तरपुस्तिकामा मोबाइल नम्बर राखेर फोन गर्न भनेपछि आयोगले उनको परीक्षा रद्द गरेको छ। अहेव पदको प्रथम चरण लिखित परीक्षाको उत्तर पुस्तिकामा मोबाइल नम्बर राखी फोन गर्न भनेपछि उनको परीक्षा रद्द गरी दुई वर्ष परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ।
अहेव पदको प्रथम चरण लिखित परीक्षाको उत्तर पुस्तिकामा मोबाइल नम्बर राखी फोन गर्न अनुरोध गरेको भेटिएपछि सल्यानका नविन कुमार रेउलेलाई लोकसेवा कर्णाली प्रदेशले २ वर्षसम्म परीक्षा दिन नपाउने व्यवस्था गरेको हो।
आयोगबाट यही साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४–५८८–०७८७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरण लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका –२, सल्यान स्थायी ठेगाना भएका रौलेले आफ्नो उत्तरपुस्तिाकामा मोबाइल नम्बर राखेर फोन गर्न आग्रह गरेको आयोगले जनाएको छ।