काठमाडौं- चिकित्सा शिक्षा आयोगले म्याचिङ प्रक्रियामा सहभागी नभएका विद्यार्थी भर्ना नगर्ने निर्देशन दिइएको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै म्याचिङमा सहभागी नभएका उम्मेदवार कुनै पनि शैक्षिक संस्था र कार्यक्रममा भर्ना हुन नसक्ने जनाएको छ।
आयोगको एकीकृत प्रवेश परीक्षाको म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि अनुसार मात्रै भर्ना गर्ने आयोगले भनेको छ।
