काठमाडौं - सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट अफ नेपालको अध्यक्षमा डा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
सोसाइटीको शनिबार भएको चुनावमा डा श्रेष्ठ निर्वाचित भएका हुन्। उपाध्यक्षमा डा सरिता केसी, महासचिवमा डा योगेश न्यौपाने, कोषाध्यक्षमा डा ऋषि भट्ट, सह सचिवमा डा त्रिदिप पन्थ, सह कोषाध्यक्षमा डा दिपेश शाक्य निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा डा अमित झा, डा लिजन महर्जन, डा सन्दर्भ गिरी, डा अरुण अधिकारी र डा जिज्ञासा थापा चयन भएको सोसाइटीले जनाएको छ। उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ।