काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहमा सःशुल्कतर्फका सिटहरूमा म्याचिङ हुने उम्मेदवारहरूको पहिलो भर्नासूची सार्वजनिक गरेको छ।
चिकित्सा शिक्षा स्नातक तहमा सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरूका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनका लागि विद्यार्थी छनौट गर्न सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा सःशुल्कतर्फको पहिलो भर्नासूची प्रकाशन गरिएको आयोगले जनाएको छ।
भर्नाका लागि छनौट भएका उम्मेदवारहरूले शर्तहरू पूरा गरी सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानहरूमा साउन २६ गतेभित्र भर्ना हुन आयोगले आग्रह गरेको छ। उम्मेदवारहरूले भर्ना प्रक्रिया र अन्य जानकारीका लागि सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा सम्पर्क गर्न समेत आयोगले भनेको छ।