काठमाडौं- नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरेको पदावधि सकिएको छ। काउन्सिलको रजिष्ट्रारमा चार वर्षअघि नियुक्त भएकी घिमिरेको पदावधि शुक्रबार कार्यालय समयपछि सकिएको हो।
घिमिरेले चार वर्षको कार्यकालमा सहयोग गर्नेलाई धन्यवाद दिएकी छिन्। 'नर्सिङ काउन्सिलको रजिष्ट्रार पदमा विगत चार वर्षसम्म कार्यरत रहँदा मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद' घिमिरेले सामाजिक सञ्जलमा लेखेकी छिन्।
उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्षको लागि रजिष्ट्रारमा नियुक्त गरेका थिए। लामो समयदेखि नर्सिङ क्षेत्रमा सक्रिय घिमिरेको नियुक्तिलाई तत्कालिन समयमा विवाद निकालिएको थियो।
घिमिरेको कार्यकाल सकिएलगत्तै काउन्सिलमा नयाँ रजिष्ट्रारको खोजी शुरु भएको छ। र