काठमाडौं - पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ८६२ पीसीआर र २ हजार ४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ४७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ। उक्त अवधिमा एक जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार ६८६ जना सक्रिय संक्रमित छन्।