काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहमा छात्रवृत्ति सिटमा नि:शुल्क अध्यापन गराउने सार्वजनिक शिक्षण संस्थालाई रकम उपलब्ध गराएको विवरण सार्वजनिक गरेको छ।
आयोगले सोमबार एक कार्यक्रमको आयोजना गर्दै विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार आयोगले छात्रवृत्ति अध्यापन गराएका १८ वटा सार्वजनिक शिक्षण संस्थालाई एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ उपलब्ध गराएको छ।
आयोगले शैक्षिक सत्र २०७६/७७ देखि २०७९ असार मसान्तसम्म उक्त रकम वितरण गरेको जनाएको छ।
कुन शिक्षण संस्थाले कति रकम पाए?