काठमाडौं - नेपालमा कोरोना संक्रमणदर १७ प्रतिशत पुगेको छ। १५ प्रतिशतमा रहेको संक्रमणदर हाल १७ प्रतिशतमा पुगेको हो।
साउन १ देखि बढ्न थालेको कोरोना संक्रमणदर दोस्रो सातातिर १० र तेस्रो सातादेखि १५ प्रतिशतमा पुगेको देखिन्छ। हाल कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ। गत २४ घण्टामा ५ हजार ३५१ जनाको परीक्षण हुँदा ९३४ जनामा संक्रमण पुष्टि भएको हो।
दैनिक भेटिने संक्रमितसँगै सक्रिय संक्रमितको संख्याको पनि बढीरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरुले अबको दुई÷तीन सातामा कोरोना संक्रमण उत्कर्षमा पुग्ने अनुमान नै गरिसकेका छन्।
साउन १ देखि हालसम्म २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबारसम्मको तथ्यांक अनुसार कुल मृत्यु भएका १९ मध्ये १५ जनाले खोप लगाएका थिएनन्। १९ गतेसम्म खोप लगाएका मृतकको व्यक्तिको संख्या १७ थियो। साउन २० र २१ गते मृत्यु भएका व्यक्तिले पनि खोप नलगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।