काठमाडौं- सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्य विपरित असमान तरिकाले तलब वृद्धि गरेको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विरोध जनाएको छ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कुनै पनि बहानामा असमान किसिमले गरिने तलब वृद्धि स्वीकार्य नहुने उल्लेख गरेहको छ।
महासंघले पक्षपातपूर्ण र असमान किसिमले तलब बृद्धी गरिएमा त्यसबाट सृजना हुने बिरोध र आन्दोलनका कार्यक्रमबाट निस्कने परिणामको जवाफदेही सरकार हुनुपर्ने चेतावनी दिएको छ।