काठमाडौं- असोज ६ देखि ८ गतेसम्म हुने ६३ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)को लागि आवेदन खुलेको छ। नेपाल मेडिकल काउन्सिलले सोमबार सूचना जारी गरी लाइसेन्स परीक्षाको मिति तोकेको हो।
६३ औं चिकित्सक लाइसेन्स परीक्षाका लागि आजबाट अनलाई आवेदन खुल्ला गरिएको छ। आवेदन भदौँ २२ गतेसम्म बुझाउनु पर्ने काउन्सिले जानकारी दिएको छ। काउन्सिलका अनुसार बिलम्ब शुल्क तिरेर भदौ २३ र २४ पनि आवेदन फारम भर्न सकिनेछ।
अनलाइन आवेदन फाराम चौबिसै घण्टा भर्न सकिने काउन्सिलले जानकारी दिएको छ।