काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।
पारिवारिक स्रोतका अनुसार आइतबार साँझदेखि ज्वरो आएपछि उनले सोमबार कोरोना परीक्षण गराएका थिए।
कुलमानको परिवारमा उनकी श्रीमती र छोरालाई पनि संक्रमण देखिएको छ। उनलाई ज्वरो आउनेबाहेक अरू अवस्था सामान्य छ।