काठमाडौं– नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ‘कोल्याप्स’ पार्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उनले उक्त आरोप लगाएका हुन्। अर्थमन्त्री जनार्दन शर्माले बीमा कार्यक्रमलाई कम्पनीमार्फत् सञ्चालन गर्ने विषय बजेट भाषणमा राखेदेखि नै यसको विरोध भइरहेको छ।
यस्तै, सांसद अधिकारीले सरकारले सेवाप्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी नगरेर सरकारले हुर्मत लिएको बताएका छन्।
‘स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनी खोलेर निजी क्षेत्रलाई दिने भनेपछि यसलाई अप्ठ्यारो बनाएको छ। बीमा बोर्डले सेवाप्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी दिन बाँकी छ। बोर्डले ५ अर्ब दिन बाँकी छ भनेको छ भने भुक्तानी लिने संस्थाले १३ अर्ब बाँकी छ भनेका छन्,’ अधिकारीले भने, ‘यस्तौ हो भने यस्लाई रद्द गर्न खोजेका हौं? ज्येष्ठ नागरिक र अपाङ भएकाको हामीले हुर्मत लिन खोजेका हौंरु यस्तो अवस्थामा यसलाई अलपत्र पारेर के गर्न खोज्दैछौंरु यो तरिकाले स्वास्थ्य बीमा कार्यक्रम ‘कोल्याप्स’ हुँदै छ। यस विषयलाई लिएर म सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न आग्रह गर्दै सभामुखलाई रुलिङ गर्न आग्रह गर्दछु।’
नेपाल सरकारले सञ्चालनमा ल्याएको यो कार्यक्रममा कूल बिमीत सदस्य संख्या ५३ लाख ४ हजार २ सय ७० रहेका छन्।