काठमाडौं–सर्वोच्च अदालतले नर्भिक अस्पतालका पक्षमा आदेश जारी गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतप्रति कटाक्ष गरेका छन्।
सर्वोच्चले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि शाहले अदालतको आदेशप्रति टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नक्सापास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोेच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।’