काठमाडौं - पछिल्लो २४ घण्टामा ८१५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ४११ पीसीआर र २ हजार १२३ जनाको एन्टीजेन परीक्षणका क्रममा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ४७६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७४ हजार २९५ पुगेको छ। उक्त अवधिमा पाँच जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार ८६९ जना सक्रिय संक्रमित छन्।