काठमाडौं- नेपाली कांग्रेसले सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएको छ। पार्टीका सचेतक मीनबहादुर विश्वकर्माले बिहीबार निकालेको विज्ञप्तिमा सांसद गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको उल्लेख गरेका हुन्।
गत वर्ष साउनमा बिरामी भएपछि गिरि भारतको मुम्बई गएका थिए। उनी भारतकै अस्पतालमा उपचार गराइरहेका थिए। गिरिलाई हालै नेपाल ल्याइएको थियो। उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार जारी छ।