काठमाडौं- चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघमा नयाँ कार्यकालका लागि चुनावी चहलपहल सुरु भएको छ। संघको निर्वाचन आगामी माघमा गर्ने तयारी भइरहेको छ। निर्वाचनका लागि संघले प्रमुख निर्वाचन अधिकृत तोकेको छ।
संघको काउन्सिलको शनिबार बसेको बैठकले डा धनबहादुर रानामगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचनको मिती पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।
निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतले अरु दुई जना सदस्य सिफारिस गर्ने छन्। डा रानामगरले सिफारिस गरेका अधिकृतको नामलाई संघको कार्यकारिणीले स्विृकत गर्नुपर्ने हुन्छ।
निर्वाचनपछि फागुनको तेस्रो साता विराटनगरमा एनएमए सम्मेलन हुँदैछ। यस्तो सम्मेलन हरेक तीन वर्षमा हुने गर्दछ।
