काठमाडौँ–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले ९९ जना स्टाफ नर्स माग गरेको छ।
प्रतिष्ठानले एक सूचना जारी गर्दै ९९ स्टाफनर्स र एक जना ओभरसियर सहित एक सय जना थप कर्मचारी माग गरेको हो।
इमर्जेन्सी वार्ड , ३० बेड थप आइसियू र डायलाइसीस लगायतका वार्डहरु संचालन गर्न करार सेवामा कर्मचारी आवश्यक भएको र प्रतिष्ठानको इलेक्ट्रिकल इन्जिनियरिङतर्फ सुपरिवेक्षण कार्यका लाग रिक्त रहेको ओभरसियर पदमा कर्मचारी चाहिएको सूचनामा उल्लेख गरिएको छ।