काठमाडौं- चिकित्सा शिक्षा आयोगले उच्च शिक्षा अध्यापनका शिक्षकको मापदण्डका लागि कार्यविधि जारी गरेको छ। चिकित्सा शिक्षाको उच्च शिक्षा अध्यापनका शिक्षकको मापदण्डका लागि कार्यविधि कार्यकारी समितिबाट साउन २४ मा स्वीकृत भइ जारी भएको हो। आयोगले गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ कार्यविधि जारी गरेको जनाएको छ
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ४६ बमोजिम कार्यविधि तयार पारेको आयोगले जानकारी दिएको छ।
आयोगको २०७७।४।३० को बैठकबाट प्रत्योजित अधिकारका आधारमा कार्यकारी समितिले कार्यविधि तयार पारेको आयोगले जनाएको छ।
विश्वविद्यालय वा प्रतिष्ठान वा शिक्षण संस्था अन्तर्गत मेडिकल र डेन्टलतर्फको शिक्षक (फ्याकल्टी) हुनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने मापदण्ड कार्यविधिमा तोकिएको छ। शिक्षकका लागि उमेर हद ७० वर्ष तोकिएको छ।
डेन्टल बाहेकका विषयका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा विद्यावारिधि वा सो सरह उपाधि प्राप्त गरेको हुनुपर्ने छ। तर नर्सिङ विधाका शिक्षकका लागि विद्यावारिधि अनिवार्य हुने छैन।
यस्तो छ आयोगले तयार पारेको कार्यविधिको पूर्णपाठ