काठमाडौं- स्थानीय तह स्वास्थ्यकर्मी सञ्जालले स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई ५ बुँदे मागपत्र बुझाएको छ। सञ्जालले २०५७ साउनपछि स्वास्थ्य सेवामा बहाल भएका स्वास्थ्यकर्मीहरुलाई पनि प्रविधिक ग्रेड पाउने व्यवस्था गर्न माग गरेको छ।
त्यस्तै स्थानीय तहमा समायोजन भै गएका स्वास्थ्यकर्मीहरुलई क्षतिपूर्ति वापत समायोजन ग्रेड पाइरहेकोमा स्थानीय तहका स्वास्थ्यकर्मीहरुको स्तरवृद्धि पश्चात सो समायोजन ग्रेड स्थानीय तहले नदिइरहेकोले स्तरवृद्धि पछि पनि समायोजन ग्रेडको निरन्तरताको लागि सम्बन्धित निकायमा आवश्यक पत्राचार गर्न माग गरिएको छ।
प्रयोगशालामा रहेर काम गर्ने कर्मचारी सरहको जोखिम भत्ता स्वास्थ्य सेवा अन्तर्गतका सबै समूहका कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउन पनि सञ्जालले माग गरेको केन्द्रीय संयोजक सुरेन्द्र ठाकुरले जानकारी दिए।

