काठमाडौं- धुलिखेल अस्पताल र बर्दिबास नगरपालिकाबीच १० बुँदे सम्झौता भएको छ। बर्दिबास अस्पताल सञ्चालनार्थ समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ। बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डाक्टर विराज कर्माचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले तीन वर्षअघिदेखिको प्रयत्नले बुधबार सार्थकरुप लिएको जनाएका छन्। समझदारीपत्रमा हस्ताक्षर भएपछि पोखरेलले छिट्टै बर्दिबास अस्पतालमा आइसीयू सञ्चालनमा आउने र त्यसका लागि धुलिखेल अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिए।
'धुलिखेल अस्पतालले सामुदायिक अस्पतालहरूमा छुट्टै छाप छाडेको छ। यस सहमतीले चाडैं बर्दिबास अस्पतालमा आइसीयू संचालनमा आउनेछ, त्यसका लागि प्रविधिक सहयोग धुलिखेल अस्पतालको टिमले उपलब्ध गराउने छ। यो सहकार्यबाट धुलिखेल अस्पतालले मधेस प्रदेशमा कार्यप्ररम्भ गरेको र अझ त्यो सेवा बर्दिबास नगरपालिकाबाट हुनु हामी सबैका लागि खुसीको कुरा हो। यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,' पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
समझदारी पत्रमा अस्पताल र नगरपालिकाबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास, विस्तार र संचालनका लागि साझेदारी र सहकार्य हुने उल्लेख छ।
यस्तो छ १० बुँदे समझदारी