काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टरले करारमा चिकित्सक माग गरेको छ।
सेन्टरले आज विज्ञापन प्रकाशन गरी सर्जरी विभागका लागि क्लिनिकल रजिष्ट्रार पदमा चिकित्सक माग गरेको हो। योग्यता पुगेका इच्छुकलाई भदौ ८ गते कार्यालय समयभित्र आवेदन दिन केन्द्रले भनेको छ।