काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षक कल्याण समाज, तदर्थ समितिको संयोजकमा डा सेराज अहमद खान चयन भएका छन्।
प्रतिष्ठानको ३६ औ सभाले सबै विधाका शिक्षकहरूको एक मात्र साझा शिक्षक कल्याण समाज रहने निर्णय गरेको थियो। शिक्षकका मुद्दा र प्रतिष्ठानका दीर्घकालीन हितका मुद्दालाई वैधानिक एवं सामूहिक रुपमा उठान गर्न सबै विधाका शिक्षकहरुको भेलाबाट तदर्थ समिति गठन गरिएको हो।
निर्वाचन मार्फत नयाँ कार्यसमिति गठन नहुन्जेलसम्म यही तदर्थ समितिले काम गर्ने छ। समितिको सहसंयोजकमा डा प्रभातरंजन पोखरेल र वषन्त कुमार कर्ण, सचिवमा डा दिपक पौडेल, सहसचिवमा डा राजेश नवाली, कोषाध्यक्षमा डा कुमुद चापागाई चयन भएका छन्।
यस्तै सदस्यहरूमा डा अमित विक्रम शाह, डा अमरेन्द्र झा, डा सुरज नेपाल, डा प्रदिप आचार्य र रम्मा सिग्देल रहेका छन्।
साथै प्राडा पारस पोखरेल, प्राडा संगीता भण्डारी, प्राडा माधव लम्साल, प्राडा विक्रम प्रसाद श्रेष्ठ, प्रा समी लामा, प्राडा आशिष श्रेष्ठ र प्रा श्याम लम्साललाई सल्लाहकारको रूपमा राखिएको छ।