काठमाडौं- नेकपा एमाले निकट नर्सहरुको संगठन नेपाल नर्सिङ पेशाकर्मी संघ (नुपान) को दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। संघको शनिबार सम्पन्न विस्तारित बैठकले २५ भदौका दिन काठमाडौँमा दोस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मलेनका लागि अध्यक्ष माया गोलेको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ। शनिबारको विस्तारित बैठकमा एमाले सचिव एवं पार्टीका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका महासचिव डा सन्तोष पौडेल, उपमहासचिव अमृता बराल लगायतको पनि सहभागिता थियो।
सम्मेलनले संगठनको विभिन्न प्रतिवेदनहरु पास गर्ने तथा विधान संसोधनसंगै नयाँ नेतृत्व समेत चयन गर्नेछ।