काठमाडौं- चिकित्सा शिक्षा आयोगले सःशुल्कतर्फ म्याचिङ हुने उम्मेदवारहरुको दोस्रो भर्नासूची प्रकाशन गरेको छ।
चिकित्सा शिक्षा स्नातक तहमा सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरूका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनका लागि विद्यार्थी छनौट गर्न सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा सशुल्कतर्फको दोस्रो भर्नासूची प्रकाशन गरिएको आयोगले जनाएको छ।
भर्नाका लागि छनौट भएका उम्मेदवारहरूले शर्तहरू पूरा गरी सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानहरूमा भदौ गतेभित्र भर्ना हुन आयोगले आग्रह गरेको छ।