काठमाडौं- नेपाल चिकित्सक संघको पहलमा चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको केन्द्रीय कार्यालयमै बनाइने भएको छ।
नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौंको अनुरोधमा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले भाद्र ७ देखि १ महिनासम्मका लागि नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने भएको हो।
ईच्छुक चिकित्सकहरुले सक्कल कागजपत्रहरु लिएर विहान १० बजेदेखि दिउसो ४ बजेसम्म (सोमबार देखि विहीबार) , शुक्रबार विहान १० बजेदेखि दिउसो १२ बजेसम्म तथा शनिबार विहान १० बजेदेखि दिउसो ३ बजेसम्म उपस्थित हुनुपर्नेछ।
परिचयपत्र बनाउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पतिपत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने छ।