काठमाडौं- बझाङ् अस्पतालमा कार्यरत चिकित्सकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागमा कार्यरत डा करण शाहमाथी आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै उनीहरुले डा शाह ड्युटीमा रहेको अवस्थामै हातपात गरिनु अत्यन्त लज्जास्पद घटना भएको भन्दै यस्तो अपराधिक मानसिकता बोकेका व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
बझाङ जिल्लामा कार्यरत चिकित्सकहरु डा नवराज जोशी जैशी, डा मिलन खड्का, डा एकेन्द्र खड्का, डा सागर न्यौपाने, डा देवेन्द्र कठायत, डा दिल बहादुर गुर्धामी, डा सिद्दराज रोकाया लगाएतले सो घटनाको विरोध गरेका हुन्।