काठमाडौ-. सरकारी चिकित्सक संघ भरतपुर शाखाले कर्णाली प्रदेश अन्तर्गत रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक विभागमा कार्यरत डा करण शाहमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।
अध्यक्ष डा मणि प्रसाद न्यौपाने र महासचिव डा गणेश चौधरीले एक विज्ञप्ति जरी गार्दै अस्पतालमा नियमित काममा रहेको बेलामा प्रतिष्ठानकै कर्मचारीबाट कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
साथै चिकित्सकमाथि भईरहने यस्ता सांघातिक हमलाले पुरै चिकित्सक समाजकै मनोवल घट्ने संघको भनाइ छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन बनिसकेकोले जेल विथआउट बेल अनुरुप दोषीलाई कुनैपनि दबावमा नपरी कडा भन्दा कडा सजाय दिन संघले माग गरेको छ।