काठमाडौं- काठमाडौंमा पहिलो पटक स्लीप डिसअडर सम्बन्धी दुई दिने सम्मेलन हुन लागेको छ। नेप्लीज सोसाइटी अफ स्लीप डिसअडरको आयोजनामा उक्त सम्मेलन यही भदौ १० र ११ गते हुन लागेको हो।
सम्मेलनको नारा 'राम्रो निद्राको लागि बहु–अनुशासनात्मक दृष्टिकोण' तय गरिएको छ। सम्मेलनमा चिकित्सक, वैज्ञानिक, अध्ययनकर्ता, शिक्षाविद् लगायतको उपस्थिति रहने डा योगेश न्यौपानले जानकारी दिए।
सम्मेलनमा सहभागी हुन चाहनेका लागि रजिस्ट्रेसन समेत खुला भइसकेको छ। कार्यक्रम बिहान साढे आठ बजेदेखि बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हुनेछ।