काठमाडौं- महानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीको विवरण माग गरेको छ।
महानगरले सरकारले तोकेको औषधि, उपचार खर्च दिनका लागि महानगरले सूचना जारी गरी यस्ता बिरामीको विवरण माग गरेको हो।
महानगरको साउन ३१ गते भएको निर्णयअनुसार विवरण माग गरिएको हो। महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा, सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएकाले मात्रै उक्त रकम पाउनेछन्।
आर्थिक वर्ष २०७८ ०७९ को बजेटमा मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार औषधि खर्च दिने व्यवस्था गरिएको थियो।