काठमाडौं- कपिलवस्तुका २ स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको छ। महरागंज नगरपालिका एवं यशोधरा गाउँपालिकामा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको हो।
यो समिति गठन भएपश्चात स्वास्थ्य बीमामा बिमित अभिवृद्धि गराउन समेत सजिलो हुने स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुका दर्ता अधिकारी वशिष्ठ तिवारीले बताए।
साथै स्वास्थ्य बीमालाई स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति मार्फत स्थानीय तहलाई जिम्मा दिइएको उनले बताए।