काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन्। उनको वीर अस्पतालमा उपचार सुरु भएको छ।
वीर अस्पतालमा चिकित्सकहरुले प्रारम्भिक सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले बताए। 'रिपोर्ट आउन बाँकी छ, अवस्था भने सामान्य छ' उनले भने।
रिंगटा लाग्ने र बान्ता हुने समस्या भएपछि सचिवालयको टोलीले दिउसो साढे २ बजे वीर अस्पतालमा पु¥याएको हो। मन्त्री खापुङलाई यसअघि पनि बान्ता हुने र रिंगटा लाग्ने समस्या देखिएको थियो ।