काठमाडौं- नेकपा माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लिलाराम थापा चयन भएका छन्।
अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनबीच भएको एकतापछि शनिबार आयोजित राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सम्मेलनबाट सह अध्यक्षमा टेकराज डिसी, बरिष्ठ उपाध्यक्षमा ओमकुमारी कंडेल र महासचिवमा कृष्णकुमार खत्री चयन गरेको छ। यस्तै कोषाध्यक्षमा शेष सापकोटा चयन भएका छन्।
संगठनको उपाध्यक्षहरुमा एपोलोकुमार भगत, छटु चौधरी, कर्मा लामा, रुद्र शर्मा, ज्ञान प्रसाद पौडेल तारा रिजाल, करि सिंह भुल, डिल्लीराम श्रेष्ठ, अशोक भुजेल चयन भएका छन्। यस्तै सचिवमा मेनुका दाहाल, जानुका मोक्तान, केशर थापा, खेम सापकोटा, लगायतका छन्। शनिबार काठमाडौँको कीर्तिपुरमा सम्पन्न सम्मेलनको उद्घाटन उर्जामन्त्री पम्फा भुसालले गरेकी थिइन्।