काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा गोविन्द केसीले आफ्नो पछिल्लो २० औ सत्याग्रह तथा समसामयिक विषयमा पत्रकार सम्मेलन गर्ने भएका छन्। केसीले आइतबार (आज) दिउँसो २ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलन गर्दैछन्।
स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि डा केसीले पाँच बुँदे माग अघि सारेका थिए। स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुके स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा केसीको माग छ।
चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ साल भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न डा केसीले माग गरेका छन्।