काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन्।
मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न प्रस्ताव गरेका हुन्।
आइतबारको नगर कार्यपालिका बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन्।