हेटौंडा- बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य प्रतिकुल भएपछि कोरोना जाँच गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
उनले डेङ्गु नेगेटिभ आएको तर कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन्। मन्त्री लामाको स्वास्थ्य अवस्था सामान्य रहेको र काठमाडौंस्थित घरमा आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ।
मन्त्री लामाले अहिले डेंगी र कोरोना संक्रमणको जोखिम बढेकाले सतर्क रहन अनुरोध गरेका छन् । स्वास्थ्यमा केही सुधार आउनसाथ नियमित जिम्मेवरीमा फर्किने जानकारी दिएका छन्।
मन्त्री लामा शुक्रबार र शनिबारको कार्यक्रममा सहभागी हुन बिहीबार हेटौंडाबाट काठमाडौं गएका थिए।