काठमाडौं- प्राडा कृष्णप्रसाद पौडेल भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डन्ट भएको आज एक वर्ष पुरा भएको छ।
२०७८ साल भदौ १३ गते डा पौडेल चितवनस्थित भरपतुर अस्पतालको मेसुमा नियुक्त भएका थिए। डा पौडेल अस्पतालको मेसुमा नियुक्त भएपछि धेरै सुधारका कामहरु भएका छन्। डा पौडेलले एक वर्षको अवधिमा गरेका २१ वटा मुख्य कामहरु सार्वजनिक गरेका छन्।
मेसु भएपछि उनले सबैभन्दा पहिले अस्पतालको ओपिडी समय परिवर्तन गरे। ओपिडी समय बिहान १० बाट ९.३० देखि २.३० कायम गरे। जीओपिडी सेवा, अपरेशन थिएटर ६ बाट ७ पुर्याइएको, आठ शय्याको ट्रमा इमरजेन्सी सुरु गरिएको लगायत कामलाई उनले समेटेका छन्।
बन्द भएको स्पाइनल वार्ड नयाँ भवन सुरु गरिएको छ भने फिजियो थेरापी सेवालाई थप आधुनिक र सुविधाजनक बनाइएको छ। दुई वर्ष बन्द भएको न्यूरोसर्जनरी यदी भदौ १५ गतेदेखि सुरु गर्न लागिएको डा पौडेलले जानकारी दिए।
भरतपुर अस्पतालमा डाइलासिस १० बाट १५, आइसीयू २० बाट ३० शय्याको बनाउन लागिएको, नवजात शिशुका लागि नयाँ एचडीयू र १० शय्याको पीआइसीयू स्थापनाको काम पनि अन्तिम चरणमा पुगेको छ।
मेसु पौडेलले सार्वजनिक गरेका २३ बुँदे कामहरु
१.विशषेज्ञ ओपिडी समय असोज १ गतेबाट १० बजेटबाट ८ बजे सुरु गरिएको र हाल असार १ बाट ९.३० देखि २.३० कायम गरिएको।
२.नेपालका सरकारी अस्पतालमा पहिलो पटक जीओपिडी सेवा सुरु असोज १७ बाट। ८ बजेबाट सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दछ। ७.३० मा टिकट काउण्टर खुला हुन्छ र २ बजेसम्म चल्छ। टिकट काटेर धेरै कुर्न पर्दैन।
३. अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्डस् अफ भरतपुर अस्पतालसँग मिली अग्रभागमा हेल्प डेस्क साउन १ गतेबाट नियमित सञ्चालन।
४. मंसिर १ बाट अप्रेसन थिएटर ६ वटा बढाएर ७ बनाइएको। विकास समिति बजेटबाट नै २ वटा मोडुलर ओटि बनाई ओटि आधुनिकीकरण गर्न काम सुरु हुँदै।
५. ब्युटिफिकेसन कमिटी बनाई अस्पताल सरसफाई र सौन्दर्यकरण सकेसम्म गरिएको।
६. मंसिर ३ गते ८ बेडको ट्रमा इमरजेन्सी सुरु गरिएको र अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकार बनाइदैछ। सी ब्लकलाई टेरटेरिटी लेभलको ट्रमा सेन्टर बनाउन काम सुरु भइसकेको। इमरजेन्सी नयाँ भवनमा भदौ महिनामा सर्दैछ। हामी नेशनल ट्रमा सेन्टरपछि दोस्रो सरकारी ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटो छरितो सेवा दिन सकिने।
७. अस्पताललाई सकेसम्म स्वच्छ सफा राख्न सबै कर्मचारीहरु र संघ संस्थाको सहयोगमा प्रत्येक सोमबार बिहान नियमित सरसफाई कार्यक्रम चलिराखेको छ। शौचालय र ढलनालाको निकास राम्रो नहुँदा यो सधै चुनौतीको विषय बनेको छ। ढलको निकास दिन स्थानीय निकायलाई यहीबाट पनि अनुरोध गर्दछौ।
८. प्रसूति सेवालाई छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय बनाउन समितिकै खर्चले प्रसुति भवन छुट्टै बनाउन प्रपोजल र डिपिआर तयार गरिएको छ।
९. कोभिड महामारीको समयमा आइसीयू बेड अभाव भएको थाहा पाएर १० बेड आइसीयू र ५ बेड पिआइसीयू थप गर्न अग्रसरता लिई कार्यक्रम स्वीकृत गराईदिनु भएकोमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेललाई कृतज्ञता व्यक्त गर्दछौ।
१०. दुई वर्षअघि पछि प्रयोगशालामा सुरु गरिएको पीसीआर ल्याब यही चैत्र २२ गते अस्पतालकै नयाँ भवनमा सारिसकिएको छ।
११. जनताको सबैभन्दा ठूलो गुनासो सेवा लिदा हुने भीडभाड हो भन्ने हामीलाई थाहा छ। अनलाइन टिकट गत कार्तिक ५ बाटै सुरु गरिएपनि यसको प्रभावकारिता कम देखियो र पुनः निशुल्क ओपिडी सेवा दिनुपर्ने भएकाले पछि छरितो अनलाइन टिकेटिङ गुरु भएको छ। भीड कम गर्न सकेसम्म प्रयास गरिएको छ। करिब ५ लाख बिमितको प्राथमिक सेवा बिन्दु भएको, रेफरल सिस्टमको कमी आदि कारणले यो गाह्रो विषय भएको छ। बिमाको मोेडालिटीमा परिवर्तनको आवश्यकता हामीले देखेका छौँ।
१२. आठ वटा कडा रोगका लागि राज्यले दिएको सुविधा र सामाजिक सेवा इकाइबाट दिइने सुविधाले कुनै पनि नेपाली नागरिक पैसाको अभावले भरतपुर अस्पतालमा उपचारबाट विमुख हुनु पर्दैन। तर चुस्त व्यवस्थापनको आवस्यकता अझै छ भन्ने हामीलाइ थाहा छ।
१३. मानव स्रोत र पूर्वाधारको हिसाबले यो आफैँ मेडिकल कलेज बनिसक्नुपर्ने अस्पताल हो। र पनि हामी चिविराप्र सँग मिलेर नर्सिङ र एमडी÷एमस कार्यक्रमहरु सञ्चालन गरिराखेका छौँ। यो वर्ष बीएससी नर्सिङ सुरु गर्ने तयारीमा हामी छौँ।
१४. सेवालाई अझै गुणस्तरीय बनाउन क्यु.ए कमिटि र ड्युटी अफिसरको व्यवस्था पौष महिनाबाट सुरु गरिएको छ।
१५. छिटो सेवा चाहिने बिरामीलाई लक्षित गरी यही जेठ ३ गतेदेखि छुट्टै भवनमा पेइङ्ग सुपरस्पेसियालिटि क्लिनिक्स स्थापना गरिएको छ। यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधि अनुसार नै सञ्चालन गरिएको हो।
१६. चिकित्सक, नर्स, प्राविधिकहरुलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्न विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट रिसर्ज प्रापोजललाई थोरै भएपनि अनुसन्धानको व्यवस्था गरिएको। साथै अस्पताललाई प्राज्ञिक थलो बनाउन एकेडेमिक कमिटि, इन्स्टिच्युशनल रिभ्यु बोर्ड गठन गरिएको छ। कन्टीन्युटिङ मेडिकल एजुकेशन सञ्चालन हुने गरेको छ। साथै यो अस्पताल देशचरीमन स्वास्थ्यकर्मीलाई विभिन्न तालिम दिने लोकप्रिय केन्द्र बन्दै गएको छ।
१७. निष्पक्ष रुपमा लिखित र मौखिक गरी चिकित्सक, नर्स, फार्मेसी र ल्याबमा परीक्षा लिएको।
१८.कर्मचारी प्रशासन र अस्पताललाई अनुशासित बनाउन दण्ड र पुरस्कारको परिपाटी अगाँलिएको।
१९. सी ब्लकलाई ट्रमा सेन्टरको रुपमा विकास गरिदै।
२०. पिआइसीयू र आइसीयू १५ बेट थप गर्ने कार्य हुँदै। डायलासिस १० बटा १५ बेड बनाइदै।
२१. एमआरआई मेसिन गत वषै स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएपनि अर्थ मन्त्रालयमा रोकिएको थियो। तर यस वर्ष अर्थ मन्त्रालयले बजेट कार्यक्रममा परिसकेकाले खरिद प्रक्रिया सुरु भइसकेको छ।
२२. बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा सुरु गरिएको
२३. फिजियोथेरापीलाई उपचारक थपी आधुनिक र नयाँ ठूलो ठाउँमा सारी सुविधाजनक बनाइएको छ।