घोराही- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु हुने भएको छ। प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले अवको १५ दिनमा एमआरआइ सेवा सञ्चालनमा आउने जानकारी दिए। प्रतिष्ठानका वायोमेडिकल इन्जिनीयर शरद भण्डारीले केही दिनभित्रै अनलाईनको माध्यम र प्रत्यक्ष अस्पतालमा हुने तालिमपछि प्रतिष्ठानमा औपचारीक रुपमा सो सेवा प्रारम्भ गर्न सकिने बताए।
करिब ३ महीना लगाएर एमआरआई सेटअप गरीएको र एमआरआई जडानको काम सम्पुर्णरुपमा अन्तिम चरणमा पुगिसकेको रजिष्ट्रार थापाले बताए। एमआरआई सेवाका लिनका लागि दङ्गालि र यस आसपासका सर्वसाधारणलाई यसअघि बुटवल, नेपालगञ्ज, काठमाण्डौ जानुपर्ने वाध्यता अब प्रतिष्ठानमा एमआरआई सेवा सुरु भएसंगै अन्त्य हुनेछ।
प्रतिष्ठानमा अत्याधुनिक उपकरण थपिएसंगै पछिल्लोपटक सिटीस्क्यान मेसिन चालु अवस्थामै रहेको र अब एमआरआई सेवा सञ्चालनमा आए बिरामिको रोगको डाइग्नोसिस गरेर उपचार गर्न सहज हुने प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले जानकारी दिए।
एमआरआई सेवा सञ्चालनमा आएमा दाङको स्वास्थ्य क्षेत्रको विकासमा महत्पुर्ण टेवा पुग्ने जिल्लाका सरोकारवालाले बताएका छन्।