काठमाडौं- पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संत्रपमणका कारण एक जनाको मृत्यु भएको छ, १७५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १९४ रहेको छ।