काठमाडौं- नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ मिहला चिकित्सकलाई आज विशेष सम्मान गर्न लागिएको छ। नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत १५ जना वरिष्ठ महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्न लागिएको हो।
संघका अनुसार अवार्ड कार्यक्रम बिहीबार राष्ट्रपति कार्यालयमा हुने छ।
नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरुप अवार्ड प्रदान गर्न लागिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए। उनका अनुसार संघले गत वर्षदेखि महिला डाक्टरहरुलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको हो।