धादिङ- यहाँ डेंगुका बिरामीको सङ्ख्या बढ्न थालेको छ। मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेंगु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए।
अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेंगुका बिरामी पनि बढ्न थालेको हो। साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेंगुको पुष्टि भएको छ।
पछिल्लो दिन पुष्टि भएका बाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ। डेंगु संक्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ। ज्वालामुखी गाउँपालिका–२ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेंगु संक्रमणपछि मृत्यु भएको थियो। रासस