काठमाडौं - गत २४ घण्टामा दुई सय जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १ हजार ३८१ जनाको पीसीआर र २ हजार १५६ जनाको एन्टीजेन परीक्षणमा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उक्त अवधिमा ३३९ जना उपचारपछि निको भएका छन्। यो सँगै निको हुनेको संख्या ९ लाख ८३ हजार १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई जनाको संक्रमितको मृत्यु भएको छ। यो सँगै कुल मृतकको संख्या देशभर १२ हजार ७ पुगेको छ। हाल देशभर २ हजार ६४२ जना सक्रिय संक्रमित छन्।