काठमाडौं - अखिल नेपाल फार्मेसी संघको अध्यक्षमा सञ्जीव कुमार पाण्डेय निर्वाचित भएका छन्। संघको तेस्रो राष्ट्रिय सम्मेलनले पाण्डेयलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।
संघले अध्यक्षमा पाण्डेय सहित ५१ सदस्यीय कमिटि समेत चयन गरेको छ। संघको वरिष्ठ उपाध्यक्षमा रविन्द्र रोकाया लगायत ७ जना, महासचिवमा विष्णु पौडेल, सचिवमा सन्दिप तिवारी लगायत १५ जना, कोषाध्यक्षमा गोपिना राई चयन भएका छन्। सचिवमा भने १५ जना चयन गरेको संघले जनाएको छ। यसअघि संघको अध्यक्ष खेम भुषाल थिए।