काठमाडौं- पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ। पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन्।
२ हजार ३८५ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन्। यस्तै ४ जनाको भेन्टिलेरमा छन्।